८ जेष्ठ २०८१, मंगलवार Tuesday 21 May, 2024

बर्दिबासमा माओवादीले खाता खोल्यो

 शनिबार, बैशाख ३१ २०७९  

काठमाडौँ । महोत्तरीको बर्दिबास नगरपालिकामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । नगरपालिकाको वडा नम्बर ८ को मतगणनामा माओवादी केन्द्रका उम्मेदवार शमशेर लामा विजयी भएका हुन् ।

नेकपा एमालेका निकटतम प्रतिद्वन्द्वी रुद्र किङरिङलाई नौ मतले पछि पार्दै विजयी भएको स्रोतले जनाएको छ ।

वडा नम्बर ८ मा खसेको कुल दुई हजार पाँच सय ६२ मत मध्ये वडा अध्यक्षमा विजयी लामाले सात सय ५३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रुद्र किङरिङले सात सय ४४ मत ल्याएको कार्यालयले घोषणा गरेका छन् ।

प्रतिक्रिया सबै