८ जेष्ठ २०८१, मंगलवार Tuesday 21 May, 2024

मनाङको चार पालिकाको नतिजा सार्वजनिक, कांग्रेस र एमाले बराबर

 शनिबार, बैशाख ३१ २०७९  

काठमाडौं । मनाङ जिल्लाका चार पालिकाको नतिजा सार्वजनिक भएको छ । चार गाउँपालिका रहेको यस जिल्लामा दुईवटा पालिका नेकपा एमाले र दुईवटामा नेपाली काँग्रेस विजयी भएको हो ।

यो जिल्लामा चामे र मनाङ डिस्याङ गाउँपालिका प्रमुख एमालेले जितेको छ । त्यस्तै नेपाली काँग्रेसले नार्पा र नाँसो गाउँपलिकामा जितेको छ ।

चामे र मनाङ डिस्याङ लोकेन्द्र घले र कान्छा घले अध्यक्ष भएका हुन् भने नार्पा र नाँसो गाउँपलिकामा कोन्जो तेन्जिङ र धनबहादुर गुरुङ निर्वाचित भएका हुन् ।

प्रतिक्रिया सबै