७ जेष्ठ २०८१, सोमबार Monday 20 May, 2024

काठमाडौंमा बालेनकै अग्रता, तेस्रोमा झरे केशव स्थापित

 शनिबार, बैशाख ३१ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा लौरो लिएर स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले अग्रता कायमै राखेका छन् ।

राष्ट्रियसभा गृहमा महानगरको ३२, २ र १ नम्बर वडाको मतगणना जारी रहँदा साहले १९२ मतसहित अग्रता लिएका हुन् ।

उनलाई अहिले नेपाली कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेकी छन्। उनले १३० मत ल्याएकी छन् । नेकपा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापित भने १११ मतसहित तेस्रो स्थानमा झरेका छन्, तर यो मतपरिणाम प्रारम्भिमक रहेको छ ।

वडा नम्बर ३२ बाट बालेनले १०४ मत पाउँदा सिर्जनाले ३८ मत ल्याएकी छन्। यसैगरी स्थापितले २६ मत ल्याएका छन् । वडा नम्बर २ मा बालेनले ३२ मत ल्याउँदा सिर्जना १० मतमा खुम्चिइन् भने स्थापितले ६ मत मात्रै पाएका छन्।

वडा नम्बर १ मा ३ सय मत गणना हुँदा सिर्जनाले अग्रता बनाएकी छन्। उनले ८२ मत ल्याउँदा स्थापितले ७९ सहित दोस्रो भए भने बालेनले ५६ मात्रै ल्याएका छन् ।

प्रतिक्रिया सबै