८ जेष्ठ २०८१, मंगलवार Tuesday 21 May, 2024

भरतपुरमा एमालेको अग्रता यथावत

 शनिबार, बैशाख ३१ २०७९  

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । अहिलेसम्म २ सय मत गणना गर्दा एमालेका विजय सुवेदीले ८२ मत प्राप्त गरेका छन् ।

यस्तै गठबन्धनबाट साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका रेनु दाहालले ६८ मत ल्याएकी छन् । कांग्रेसबाट विद्रोह गरी बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले २५ मत ल्याएका छन् । पौडेलले यही रफ्तारमा मत पाइरहेमा सत्ता गठबन्धनको कम्तीमा पनि १२ प्रतिशत मत काट्ने आकलन गरिएको छ । अहिले त्यहाँ वडा १ नम्बरको मतगणना भइरहेको छ ।

प्रतिक्रिया सबै