८ जेष्ठ २०८१, मंगलवार Tuesday 21 May, 2024

सुनिता डंगोललाई लोकप्रिय मत

 शनिबार, बैशाख ३१ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकामा जारी मतगणनाका क्रममा सबैभन्दा लोकप्रिय मत नेकपा एमालेबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलले पाएकी छन् ।

सुरुमा मेयर पदमा स्वतन्त्र उठ्ने घोषणा गरेकी उनले एमालेबाट उपमेयरको टिकट पाएकी हुन् । उनले ताजा अवस्थामा ५२० मत ल्याउन सफल भएकी छन् ।

उनलाई चुनौती दिइरहेका कांग्रेस—माओवादीसहितको साथ पाएका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले केबल ११० मत मात्रै पाएका छन् ।

सुनिताले मेयरका उम्मेदवार बालेन साहको भन्दा एक सय बढी मत ल्याएकी छन् । यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपमेयरका उम्मेदवारको पक्षमा १०५ मत पाएका छन्। त्यस्तै विवेकशील साझाकी उम्मेदवारको पक्षमा ३५ मत परेको छ ।

 

प्रतिक्रिया सबै