८ जेष्ठ २०८१, मंगलवार Tuesday 21 May, 2024

धनगढीमा हमाललाई ५७९ मतको अग्रता

 आइतवार, जेष्ठ १ २०७९  

धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ५५० भन्दा बढी मतले अग्रता लिएका छन् । २९५३ मत गणना हुँदा हमालले १३८६ मत पाएका छन् ।

नेपाली कांग्रेसका नृपबहादुर वडले ८०७ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले १४३ मत पाएका छन् ।

उपमेयरमा नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले ६८१ मत पाएकी छन् भने एमालेकी कन्दकला रानाले ३८४ मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ४८१ मत पाएका छन् ।

प्रतिक्रिया सबै