११ जेष्ठ २०८१, शुक्रबार Friday 24 May, 2024

चुनाव हारेपछि एमाले पालिका अध्यक्षद्वारा राजीनामा

 आइतवार, जेष्ठ १ २०७९  

खोटाङ । आफ्नो वडामा पार्टीले हार बेहोरेपछि नेकपा एमालेका दिप्रुङ चुईचुम्मा गाउँपालिका कमिटि अध्यक्ष कृष्ण कार्कीले राजीनामा दिएका छन् ।

आफ्नो वडा दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँमा एमालेका सबै उम्मेदवार पराजित भएपछि पालिका कमिटी अध्यक्ष कार्कीले आइतबार विज्ञाप्ती जारी गर्दै पदबाट राजीनामा दिएका हुन् ।

वडामा एमालेले नराम्रो हार बेहोर्नु परेकाले नैतिकताको आधारमा पदबाट राजीनामा दिएको कार्कीले विज्ञप्तिमा उल्लेख गरेका छन् । उनी ३४ वर्षदेखि एमालेको राजीनितीमा क्रियासिल छन् । डाँडागाउँमा वडाध्यक्ष कांग्रेसको बद्री कट्वाल वडाध्यक्षमा निर्वाचित भएका छन् ।

सो वडामा माओवादी केन्द्र र जसपाले गठबन्धन गरेको थियो । वडामा कांग्रेसको दुई, जसपाको एक र माओवादी केन्द्रको दलित महिला सदस्य विजयी भएका छन् । जसपाका जिल्ला अध्यक्ष टंक थापा वडा सदस्य निर्वाचित भएका छन् ।

प्रतिक्रिया सबै