४ बैशाख २०८१, मंगलवार Tuesday 16 April, 2024

पूर्वप्रधानमन्त्री ओलीको गृहनगरमै पछि पर्‍यो एमाले, राप्रपाकाे अग्रता

 आइतवार, जेष्ठ १ २०७९  

झापाको दमक नगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट उमेदवार बनेका राप्रपाका राम थापाले अग्रता लिएका छन् । थापाले २,१५८ मतका साथ अग्रता लिएका हुन् ।

यता, नेकपा (एमाले) का नगर प्रमुख पदकी उम्मेदवार गीता अधिकारीले २,१३६ मत ल्याएकी छिन् । नगर उपप्रमुख पदमा गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार रेगिना भट्टराईले २,१३८ मतका साथ अग्रता कायम गरेकी छन् ।

यता, एमालेका अम्बिकाप्रसाद खनालले १,९७७ मत प्राप्त गरेका छन् । यो नतिजा ५००६ मत गन्दाको हो । नगरमा ३९ हजार ९४९ मत खसेको छ । दमकमा एमालेविरुद्ध कांग्रेस र माओवादीले राप्रपालाई साथ दिएका छन् ।

प्रतिक्रिया सबै