६ जेष्ठ २०८१, आईतवार Sunday 19 May, 2024

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी २ मा माओवादी विजयी

 आइतवार, जेष्ठ १ २०७९  

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

वडाको अन्तिम मतगणना अनुसार ध्रुबबिक्रम राई ६७८ मत ल्याएर विजयी भएका हुन् । उनले गठबन्धनबिना नै एमाले, कांग्रेस, जसपा र राप्रपाबाट वडाध्यक्षका प्रत्यासीहरुलाई पछि पार्दै जित हासिल गरेका हुन् ।

त्यस्तै दुई खुल्ला वडा सदस्य तथा महिला वडा सदस्य र दलित महिला वडा सस्दयमा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका वडाध्यक्षका उम्मेदवार हर्क खत्रीले ५५६, कांग्रेसका उम्मेदवार पदम पुरीले १५६, जसपाका उम्मेदवार धनीराम नछुङले ७८ र राप्रपाका उम्मेदवारलाई १ मत ल्याएका छन् ।

प्रतिक्रिया सबै