११ जेष्ठ २०८१, शुक्रबार Friday 24 May, 2024

भरतपुरको मतगणना स्थगित

 आइतवार, जेष्ठ १ २०७९  

काठमाडौं । भरतपुर महानगरमा विवाद हुँदा मतगणना कार्य स्थगित भएको छ ।

मतपत्रमा छाप संकेतका आधारमा सदर वा बदर के गर्ने भन्नेबारे दलका प्रतिनिधिले आपत्ति जनाएपछि भरतपुर महानगरपालिकाको मत गणना स्थगित भएको हो ।

मत चिन्हभित्र पर्ने गरेर छाप लगाएपनि संकेत मधुरो देखिएका कारण बदर गरेको विषयमा एमालेले आपत्ति जनाएको ।

विवादका कारण गणना स्थलभित्र होहल्ला छ । गणना स्थलबाट बाहिर आएका एमालेका प्रतिनिधि अस्विन घिमिरेले त्यस्तो मत सदर गर्नु पर्ने आफुहरको माग रहेको बताए । भरतपुरमा वडा नम्बर १ को गणना सकिएर २ को गणना भइरहेको छ ।

पछिल्लो परिणामअनुसार यहाँ नेकपा माओवादी केन्द्रकी रेनु दाहालले १८६७ र नेकपा एमालेका विजय सुवेदीले १८१४ मत पाएका छन् ।

प्रतिक्रिया सबै