११ जेष्ठ २०८१, शुक्रबार Friday 24 May, 2024

पोखरामा गठबन्धनको अग्रता कायमै

 आइतवार, जेष्ठ १ २०७९  

काठमाडौँ । पोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार एकीकृत समाजवादीका धनराज आचार्यले १ सय ५ मतको अग्रता लिएका छन् । पोखरा महानगर पालिका वडा नम्बर १, २, १२ २३, २४ को ३ हजार ८ सय मतगणनामा आचार्यले अग्रता लिएका हुन् ।

आचार्यले १ हजार ५ सय ८५ मत पाउँदा उनको निकटतम प्रतिस्पर्धी कृष्ण थापाले १ हजार ४ सय ८० मत प्राप्त गरेका छन् । राप्रपाका शंकर खरालले २ सय २३, स्वतन्त्र गणेश पौडेलले १ सय १८ मत प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया सबै