११ जेष्ठ २०८१, शुक्रबार Friday 24 May, 2024

निर्वाचन अपडेट : ३७ पालिकाको नतिजा सार्वजनिक, कसले कहाँ जित्यो ? (सूचीसहित)

 आइतवार, जेष्ठ १ २०७९  

काठमाडों । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । हालसम्म ३७ वटा पालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।

हालसम्मको मतरिणाम अनुसार नेकपा एमालेले अग्रता कायमै राखेको छ । हालसम्म एमालेले १५, नेपाली कांग्रसले ११, नेकपा माओवादी केन्द्रले ९ र नेकपा एकीकृत समाजवादीले २ पालिकामा जित हासिल गरेको छ ।

कसले कहाँ जित्यो ? हेर्नुहोस् (सूची)

नेकपा एमाले
१. से फोक्सुण्डो गाउँपालिका– डोल्पा

२. चामे गाउँपालिका– मनाङ

३. ङिस्याङ गाउँपालिका– मनाङ

४. घेकर दामोदरकुण्ड गाउँपालिका– मुस्ताङ

५. लोमन्थाङ गाउँपालिका–मुस्ताङ

६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका– मुस्ताङ

७. खुम्बु पासाङल्हामु गाउँपालिका– सोलुखुम्बु

८. साइपाल गाउँपालिका– बझाङ

९. बौदीकाली गाउँपालिका– नवलपुर

१०. थलारा गाउँपालिका– बझाङ

११. थासाङ गाउँपालिका– मुस्ताङ

१२. मालिका गाउँपालिका– म्याग्दी

१३. राइनास गाउँपालिका– स्याङ्जा

१४. महाकाली नगरपालिका– दार्चुला

१५. मेन्छेयाम गाउँपालिका– तेह्रथुम

नेपाली कांग्रेस

१. नार्पाभूमी गाउँपालिका– मनाङ

२. घरपोझोङ गाउँपालिका– मुस्ताङ

३. नासो गाउँपालिका– मनाङ

४. गुल्मी दरबार गाउँपालिका– गुल्मी

५. गन्यापधुरा गाउँपालिका– डडेलधुरा

६. मुसिकोट नगरपालिका– गुल्मी

७. खार्पुनाथ गाउँपालिका– हुम्ला

८. बडिकेदार गाउँपालिका– डोटी

९. तमानखोला गाउँपालिका– बागलुङ

१०. स्वामीकार्तिक गाउँपालिका– बाजुरा

११. लिखुपिके गाउँपालिका– सोलुखुम्बु

माओवादी केन्द्र

१. जगदुल्ला गाउँपालिका–डोल्पा

२. नौमुले गाउँपालिका–दैलेख

३. ताराखोला गाउँपालिका– बागलुङ

४. अपि हिमाल गाउँपालिका– दार्चुला

५. जन्तेढुंगा गाउँपालिका– खोटाङ

६. लिम्चुङ्बुम गाउँपालिका– उदयपुर

७. नौगाड गाउँपालिका– दार्चुला

८. थवाङ गाउँपालिका– रोल्पा

९. ताँजकोट गाउँपालिका– हुम्ला

नेकपा एकीकृत समाजवादी

१. काइके गाउँपालिका– डोल्पा

२. छार्का साङतोङ गाउँपालिका– डोल्पा

प्रतिक्रिया सबै