४ जेष्ठ २०८१, शुक्रबार Friday 17 May, 2024

सोलुखुम्बुको थुलुङ दूधकोशीमा माओवादीका असिम राई विजयी

 आइतवार, जेष्ठ १ २०७९  

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका असिम राई निर्वाचित भएका छन् ।

राईले ४०४९ मत प्राप्त गरेका छ्न् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका वीरबहादुर गुरुङले ३५११ र नेकपा एमालेका उम्मेदवार आङबाबु राईको १६०१ मत पाएका छन् ।

त्यस्तै उपाध्‍यक्षमा नेकपा माओवादी केन्द्रकी सविता राई ३८०० मतसहित निर्वाचित भएकी छन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी एककुमारी कार्कीले ३५२३ मत र नेकपा एमालेकी कल्पना बस्नेतले १७४६ मत पाएकी छन् ।

 

प्रतिक्रिया सबै