११ जेष्ठ २०८१, शुक्रबार Friday 24 May, 2024

रोल्पा नागरपालिकामा माओवादी विजयी

 सोमवार, जेष्ठ २ २०७९  

काठमाडौं । रोल्पा नगरपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । प्रमुखमा माओवादीका र्उम्मेदवार सुरेन्द्र घर्ती थापा र उपप्रमुख गीता आचार्यले भारी मतले बिजय भएका हुन् ।

मेयरमा निर्वाचनि घर्तीले ७ हजार ६ सय ३० ल्याए भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर थापाले ३ हजार ६ सय ५८ मत ल्याएका छन् ।

त्यस्तै आचार्यले ७ हजार ७ सय ४१ मतले उपमेयरमा विजयी भएकी छन् । निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पा श्रेष्ठले ३ हजार ७ सय १९ प्राप्त गरिन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दशवटा वडा रहेको रोल्पा नगरपालिकाको नौवटा वडामा माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् । एउटा वडामा नेपाली कांग्रेसको उम्मेदवार विजयी भएको छ ।

प्रतिक्रिया सबै