११ जेष्ठ २०८१, शुक्रबार Friday 24 May, 2024

धनकुटामा एमालेको ‘लाल किल्ला’ ढल्यो

 सोमवार, जेष्ठ २ २०७९  

धनकुटा । २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धनकुटा ‘क्लिन स्वीप’ गरेको थियो । अर्थात ७ वटै पालिका जितेको थियो ।

धनकुटामा एमालेले ‘क्लिन स्वीप’ गरेपछि स्थानीय नेतादेखि अध्यक्ष केपी शर्मा ओलीले समेत ‘धनकुटा जिल्ला, लाल किल्ला’ भन्दै भाषण गरेका थिए । तर, यसपटक भने धनकुटामा एमालेको ‘लाल किल्ला’ ढलेको छ ।

सत्तारुढ गठबन्धनसामु एमालेको जोर चलेन । सात मध्ये तीन पालिकाको नतिजा सार्वजनिक भएको छ । सार्वजसनक नतिजा मध्ये एमालेले एक पालिका मात्र जितेको छ । गठबन्धनले दुई पालिका तिजेतको । गठबन्धनको जितसँगै एमालेको ‘क्लिन स्वीप’ यात्रा रोकिएको छ ।

छथरजोरपाटी गाउँपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका छत्रबहादुर लिम्बू ४ हजार ३५९ मत प्राप्त गर्दै विजयी भए । विजयी लिम्बूसँग नेकपा एमालेका उम्मेदवार शेरबहादुर लिम्बू पराजित भए । एमालेका उम्मेदवार लिम्बूले ४ हजार १६४ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपाध्यक्षमा गठबन्धनकै नेकपा माओवादी केन्द्रका गीता गुरुङले ४ हजार ३८७ मतसहित विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका तर्फबाट उम्मेदवार गोमा कार्कीले ३ हजार ६९१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, साँगुरीगढी गाउँपालिकामा पनि गठबन्धन नै विजयी भएको छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार जितेन राई ५३९९ मतसहित निर्वाचित भएका हुन् । एमालेबाट अध्यक्षका उम्मेदवार कुमारजंग याक्खा ४८२८ मतसहित पराजित भए ।

उपाध्यक्षमा भने नेकपा एमालेका मुना राई ४६५० मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी जसपाका लिलाराज लावती ४१३६ मतसहित पराजित भए । अघिल्लो निर्वाचनमा सबै पालिकामा प्रमुख र उपप्रमुख जितेको नेकपा एमालेले यसपटक अहिलेसम्म एक पालिका मात्र जितेको छ ।

पछिल्लो मतपरिणाम अनुसार एमालेले चौबिसे गाउँपालिका मात्र तिजेको छ । चौबिसेमा एमालेका राजकुमार लिम्बू ५०३८ मतसहित निर्वाचित हुँदा मुख्य प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका दलबहादुर राना ३९९१ मतसहित पराजित भए ।

चौबिसेमा उपाध्यक्ष पनि एमालेले जितेको छ । उपाध्यक्षमा ४९८३ मतसहित एमालेका टंकमाया पाङमी निर्वाचित हुँदा मुख्य प्रतिस्पर्धी जसपाका मंलकुमार लिम्बू ३९८८ मतसहित पराजित भएका छन् ।

प्रतिक्रिया सबै