zoom app for windows 11 64 bit mic not working on zoom windows 11 zoom h6 software download download basic zoom zoom b3 edit and share download will zoom run on windows 8 free download aplikasi zoom cloud meeting untuk laptop
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

योगेश भट्टराईको गृहपालिकामा माओवादी विजयी

 सोमवार, जेष्ठ २ २०७९  

ताप्लेजुङ । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईको गृहपालिका ताप्लेजुङको मैवाखोला गाउँपालिकामा गठबन्धनसँग नेकपा एमाले पराजित भएको छ ।

मैवखोलामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार विजयप्रकाश वनेम विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार राजनकुमार थक्लुङ पराजित भए ।

मैवाखोलाको उपाध्यक्षमा पनि गठबन्धन नै विजयी भएको छ । गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कमलकुमारी वनेम उपाध्यक्ष निर्वाचित भए । प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष उम्मेदवार कौशिला थक्लुङ लिम्बू पराजित भए ।

मैवाखोलामा नेकपा एमालेले २०४८ सालदेखि निरन्तर जित्दै आएको थियो । अघिल्लो स्थानीय तह निर्वाचनमा दलित महिला सदस्य बाहेक सबै एमालेले जितेको थियो । मैवाखोला क्षेत्र जननेता मदन भण्डारीको जन्मथालो हो ।

योगेश आफैले मतदान गरेको वडामा पनि एमाले पराजित भएको छ । योगेशले मतदान गरेको ३ नम्बर वडाको अध्यक्षमा नेपाली कांग्रेसका खगेन्द्र थक्लुङ विजयी भएका छन् ।

गठबन्धनका उम्मेदवार खगेन्द्र थत्लुङले ४ सय ७० मत प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका ख्याम भट्टराईले ४ सय मत प्राप्त गरे का छन् ।

प्रतिक्रिया सबै