११ जेष्ठ २०८१, शुक्रबार Friday 24 May, 2024

भरतपुरको मेयरमा फेरि रेनुले लिइन् अग्रता

 सोमवार, जेष्ठ २ २०७९  

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले फेरि अग्रता लिएकी छन् । सोमबार दिनभर नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिए पनि साँझतिर भने रेनुले अग्रता लिएकी हुन् ।

१५ हजार ३१ मत गणना हुँदा रेनुले पाँच हजार ३९ मत पाएकी छन् भने विजयले पाँच हजार २७ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले दुई हजार ५५ मत ल्याएका छन् ।

उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ४३ मत र राप्रपा उम्मेदवार हिमला गुरुङले चार हजार ४२ मत पाएकी छन् । भरतपुरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच तालमेल छ । त्यस्तै एमाले र राप्रपाले पनि तालमेल गरेका छन् ।

 

प्रतिक्रिया सबै