best zoom download download zoom recording with closed captioning join zoom meeting app is zoom online or download zoom app for dr appointments zoom pc nasıl indirilir - zoom pc nasıl indirilir download zoom it for windows 10 zoom business app download
२२ मंसिर २०७९, बिहीबार Thursday 8 December, 2022

वामपन्थीहरुको ‘लालकिल्ला’ कीर्तिपुरमा कांग्रेस विजयी

 सोमवार, जेष्ठ २ २०७९  

काठमाडौं । वामपन्थीहरुको लालाकिल्लाका रूपमा रहेको कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । यस नगरपालिकामा पहिलो पटक एमाले ‘क्लिन स्विप! भएको हो ।

२०५४ सालमा नगरपालिका बनेको कीर्तिपुरमा पहिलो पटक कांग्रेसका राजकुमार नकर्मी मेयरमा निर्वाचित भएका हुन् ।

९ हजार ४३ मत ल्याएका नकर्मीले एमालेका केशरत्न बज्राचार्यलाई ३५ सय ३६ अन्तरले पारित गरे । बज्राचार्यले ५५ सय ७ मत ल्याए ।

यस्तै उपमेयरमा शुभलक्ष्मी शाक्य उप मेयरमा विजयी भइन् । ८६ सय ६५ मत प्राप्त गरेकी शाक्यले एमालेकी बिन्दु महर्जनलाई पराजित गरेकी हुन् । महर्जनले ७२ सय ६ मत प्राप्त गरिन् ।

जनता समाजवादी पार्टीका नेताहरुले शाक्य कांग्रेसको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेकी आफ्नो दलको नेता भएको बताएका छन् । मा‌ओवादी केन्द्रले मेयर उम्मेदवार शिवशंकर महर्जनले ४ हजार ९० र एकीकृत समाजवादीका बटुकृष्ण थापाले १ हजार १ सय ५३ मत प्राप्त गरे ।

कीर्तिपुरको मेयर तथा उपमेयर मात्रै नभएर १० वटा मध्ये ९ वडाध्यक्ष कांग्रेसका उम्मेदवारहरू विजयी भएका छन् । वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवार दिनेशचन्द्र दाहाल निर्वाचित भएका छन् । एमाले २ जना दलीय महिला सदस्यमा निर्वाचत भएका छन् ।

जसमध्ये वडा नम्बर ८ सरस्वती परियार निर्विरोध निर्वाचित भएकी थिइन् । वडा नम्बर २मा एमालेकी दलित महिला सदस्य सुष्मा विश्वकर्मा विजयी भएकी हुन् । विश्वकर्माले माओवादी केन्द्रका बालकुमार विश्वकर्मालाई पराजित गरेकी हुन् ।

एमाले कीर्तिपुर नगर कमिटीका अध्यक्ष राधाकृष्ण बस्नेतले भने आन्तरिक समस्याको कारण एमालेको हार भएको बताएका छन् ।

प्रतिक्रिया सबै