दंगीशरण गाउँपालिकामा कांग्रेसबाट अध्यक्ष उपाध्यक्ष दुबैमा विजयी
मङ्लबार, जेष्ठ ३ २०७९
काठमडौं । दाङ्को दंगीशरण गाउँपालिकामा नेपाली कांग्रेसले प्रमुख उपप्रमुख जितेको छ । निर्वाचन अयोगको तथ्यांक अनुसार कांग्रेसका शम्भु गिरीले ५ हजार ४६७ मत प्राप्त गर्दै विजयी भए । निकटकतम बनेका एमालेका मेघनाध शाहले ४ हजार ४९ मत प्राप्त गरे । यता, माओवादीका मनिराम चौधरीले १ हजार ७८३ मत प्राप्त गरेको तथ्यांकले देखाउँछ ।
उपाध्यक्षमा कांग्रेसबाटै पिमा कुमारी वली विजयी भइन् । उनले ४ हजार ५७९ मत प्राप्त गरिन् । पराजित एमाले नेतृ बुधनी चौधरीले ४ हजार ३११ मत प्राप्त गर्दा माओवादीबाट उमेदवार निर्मला वलीले १ हजार ८४६ मत प्राप्त गरिन् । यहाँ ३ वडा कांग्रेसले जित्दा ४ वडा एमालेले जित्यो ।
प्रतिक्रिया
सबै