zoom meeting download - zoom meeting download zoom meeting download app zoom error code 1132 pc - zoom error code 1132 pc why will zoom not download download latest version zoom zoom download f zoom meeting login with id and password - zoom meeting login with id and password
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

देशभर ८ जिल्लाका मत गणना सम्पन्‍न, कसले कहाँ जिते ?

 मङ्लबार, जेष्ठ ३ २०७९  

काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । मंगलरबार दिउँसो ३ बजेसम्ममा देशभरका ८ जिल्लाका सबै पालिकामा मत गणना सम्पन्न भएको छ ।

प्रदेश १ मा २ वटा जिल्लामा मत गणना सकिएको छ । वाग्मतीमा १ वटामा सम्पन्न भएको छ । गण्डकीमा ३ वटा लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा १/१ वटा जिल्लाको मत गणना सकिएको छ ।

हालसम्म ८ वटा जिल्लाको मत गणना सम्पन्‍न भएका छन् । जसमध्ये प्रदेश १ का २, वाग्मतीको १ , गण्डकीका ३, लुम्बिनी र सदूपरपश्चिमका १/१ जिल्लामा मतगणना सम्पन्‍न भएको हो । प्रदेश २ र कर्णाली प्रदेशका कुनै पनि जिल्लामा मत गणना सम्पन्न हुन बाँकी छ ।

प्रदेश १ को ताप्लेजुङमा कांग्रेस ४, एमालले ३ र माओवादी केन्द्रले २ वटा पालिकामा नेतृत्व जितेको छ । यस्तै, तेह्रथुम जिल्लाको पनि मतगणना सम्पन्न भएको छ । जिल्लाका ६ पालिकामध्ये कांग्रेस र एमालेले ३/३ वटा जिल्लामा विजयी हासिल गरेको छ ।

वाग्मती प्रदेशमा रसुवाका स्थानीय पालिकाहरूको मत गणना सम्पन्‍न भएको छ । जिल्लाका ५ वटा पालिकामध्ये कांग्रेसले ३ र एमालेले २ वटा पालिका जित हासिल गरेको छ ।

गण्डकी प्रदेशको म्याग्दी, मनाङ र मुस्ताङ जिल्लाको मत गणना सम्पन्‍न भएको छ । म्याग्दीमा एमालेले ३ र कांग्रेसले २ वटा पालिकामा जित हासिल गरेका छन् । यस्तै, मुस्ताङका ५ वटा पालिकामध्ये एमालेले ४ वटा र कांग्रेस एउटा पालिकामा विजयी भएको छ । मनाङमा २/२ वटा पालिका कांग्रेस एमालेले जितेका छन् ।

लुम्बिनी प्रदेशको पूर्वी रोल्पाका ९ वटा पालिकामध्ये माओवादी केन्द्रले ७ र कांग्रेसले २ वटा पालिका विजयी भएको छ भने सुदूरपश्चिमको दार्चुलामा एमालले ५ र माओवादीले ४ वटा पालिका जितेको छ ।

मधेस र कर्णाली प्रदेशको कुनै पनि जिल्लाको सबै पालिकाको मत गणना सम्पन्न हुन बाँकी छ । मधेस प्रदेशको महोत्तरी र रौतहट जिल्लाका कुनै पनि पालिकाको नतिजा आउने क्रम जारी छ ।

यो पनि हेर्नुहोस्

३ सय ३ स्थानीय तहको नतिजा सार्वजनिक, कुन पालिकामा कसले जिते ? (सूचीसहित)

 

प्रतिक्रिया सबै