why is my zoom speaker not working on laptop - why is my zoom speaker not working on laptop fake zoom meeting app download zoom for windows latest version zoom remote access download zoom cloud meetings app free download for windows 10 zoom meetings free version download for pc download hack zoom app bim collab zoom download
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

जुम्लाका पाँच वडाध्यक्षमा एकीकृत समाजवादी विजयी

 मङ्लबार, जेष्ठ ३ २०७९  

काठमाडौं । जुम्लामा नेकपा एकीकृत समाजवादी पार्टीले ५ वटा वडामा विजयी हासिल गरेको छ । स्थानीय तह निर्वाचनमा जुम्लाका ८ स्थानीय तहका ६० वडामध्ये पछिल्लो मत परिणामअनुसार पाँच वडाध्यक्षमा समाजवादी निर्वाचित भएको हो ।

त्यस्तै, चन्दननाथ नगरपालिका– ७ वडामा समाजवादीका गणेश महत वडाध्यक्षमा निर्वाचित भएका छन् । उनले २७९ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमालेका कमलबहादुर महतले २३९ मत प्राप्त गरे ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हिमा गाउँपालिका–२ वडाको वडाध्यक्षमा समाजवादी पार्टीका हरिबहादुर रोकाया निर्वाचित भएका छन् । उनले १६६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी माओवादीका जयबहादुर रोकायाले १११ मत प्राप्त गरेका छन् ।

सोही गाउँपालिका–७ वडाध्यक्षमा समाजवादीका विक्रमबहादुर शाही निर्वाचित भएका छन् । उनले २६० मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रत्यासी माओवादीका वीरजित रोकायाले १८० मत प्राप्त गरे ।

यस्तै, कनकासुन्दरी गाउँपालिका–७ को वडाध्यक्षमा समाजवादीका तेजबहादुर जिसी निर्वाचित भएका छन् । उनले २८८ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी एमालेका अजबहादुर रोकाय १८० मत प्राप्त गरी पराजित भएका हुन् ।

यस्तै, गुठीचौर गाउँपालिका–२ को वडाध्यक्षमा समाजवादीका दिपबहादुर रोकाया निर्वाचित भएका छन् । उनले ३२५ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका उजिलो बुढाले ३१३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया सबै