zoom meeting download windows 10 pc 64 bits zoom meeting free download for pc zoominfo stock symbol list how do i download a zoom cloud recording zoom cloud meeting free download for laptop
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

संसदको अवरोध हट्यो

 मङ्लबार, जेष्ठ ३ २०७९  

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले ९ महिना लामो प्रतिनिधिसभा (संसद)मा जारी अवरोध अन्त्य गरेको छ । एमालेले बजेट अधिवेशनको पहिलो दिन अवरोध नगरेको हो ।

३० वैशाखमा स्थानीय तह निर्वाचन भएपछि भने एमालेले संसदको अवरोध हटाएको हो । आफ्नो दलले कारबाही गरेका सांसदहहरुलाई पदमुक्त नगरेको भन्दै एमालेले २३ भदौदेखि निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो । एमालेका नाराबाजीका बीच बजेट (प्रतिस्थापपन विधेयक) लगायतका केही विधेयक पास भए पनि संसद प्रभावकारी भएन ।

मंगलबार संसदको बैठक सुरु हुनासाथ विशेष समय लिएर बोलेका एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘अदालतले कारबाही नगरेपनि भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा जनताले उचित ढंगले फैसला गरेका छन् भन्ने लाग्छ । विभाजनका कारकहरुको परीणामलाई हामीले हेरिरहेका छौं।’

निर्वाचनले मुलुक एउटा कोर्समा गएकाले संसदको अवरोध हटाउने निर्णय गरेको उनले बताए । दल विभाजनका लागि जस्केलाबाट अध्यादेश ल्याउनु र उद्धेश्य पुरा भएपछि फिर्ता लिनु, त्यसमा सभामुख, अदालत जस्ता संवैधानिक निकाय सहयोगी जस्तो बन्नु गलत हो भन्ने एमालेको अडान कायमै रहेको उनले बताए । मुलुकको अर्थतन्त्र संकटमा रहेको र यसबारे संसदमा छलफल हुनुपर्ने भएकाले पनि संसद अवरोध अन्त्य गर्ने निर्णयमा पुगेको ज्ञवालीले बताए ।

प्रतिक्रिया सबै