zoom app download for pc free windows 10 zoom 5.4.6 download zoom app download center download zoom exe zoom health download
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

डिल्लीबजारमा बालेनभन्दा सिर्जना अगाडि, तेस्रोमा झरे केशव

 मङ्लबार, जेष्ठ ३ २०७९  

काठमाडौं । काठमाडौँको डिल्लीबजार क्षेत्रको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहलाई पछि पारेकी छन् ।

काठमाडौँ महानगरपालिका– २९ मा पर्ने डिल्लीबजारको मत गणनाको सुरुवाती मतपरिणाममा उनले शाहलाई १ मतले पछि पारेका हुन् ।

डिल्लीबजारका विजय मेमोरियल र पद्मकन्या मतदान स्थलमा खसेका मतपत्रहरुको गणना जारी छ । पहिलो १०० मतको गणना हुँदा सिर्जनाले ३३ मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार शाहले ३२ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १० मत प्राप्त गरेका छन् ।

मतपरिणामअनुसार यहाँ महानगर उपप्रमुखकी एमाले उम्मेदवार सुनिता डंगोलले २१, नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १७ र स्वतन्त्रतर्फ लौरो चुनाव चिन्ह भएका उम्मेदवारले ४ मत प्राप्त गरेका छन् ।

राप्रपाका महानगर प्रमुखका उम्मदेवार मदनदास श्रेष्ठले १ मत पाउँदा उपप्रमुख उम्मेदवारले ११ मत पाएकी छन् ।

प्रतिक्रिया सबै