download zoom on my computer zoom meeting app free download www.zoom.us.meeting/download zoom app controversy zoom upgrade download zoom app windows download where to download zoom recording
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

डोल्पाको त्रिपुरासुन्दरीमा मेयर र उपमेरमा दुवैमा एमालेको जित

 मङ्लबार, जेष्ठ ३ २०७९  

काठमाडौँ । स्थानीय तहको निर्वाचन अन्र्तगत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा मेयरमा र उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।
मेयरमा एमालेका जनचन्द्र रोकाया र उपमेयरमा एमालेकै देवी घर्ती निर्वाचित भएका छन् ।

मेयरमा रोकायले २१०४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रलाल धरालाले १५९६ मत ल्याएका छन् । माओवादीका मेयरका उम्मेदवार दिलबहादुर विष्टले १४२२ मत पाएका छन् ।

उपाध्यक्षमा निर्वाचित एमालेकी देवी घर्तीले १८५६ मत ल्याउँदा माओवादी केन्द्रका काली चलाउनेले १२९० मत पाएका छन् । नेपाली कांग्रेसकी सावित्री पहाडीले १२७७ मत ल्याएकी छन् ।

त्रिपुरासुन्दरी नगरपालिकामा यसअघि २०७४ को स्थानीय निर्वाचनमा पनि नेकपा एमालेले नै जितेको थियो ।

प्रतिक्रिया सबै