zoom cloud meetings app download free zoom download 2022 download aprende zoom free download zoom app pc mic not working on zoom windows 10
२२ मंसिर २०७९, बिहीबार Thursday 8 December, 2022

३५९ स्थानीय तहको अन्तिम मत परिणाम :कांग्रेस पहिलो, दोस्रोमा एमाले

 मङ्लबार, जेष्ठ ३ २०७९  

काठमाडौं । ७५३ मध्ये ३५९ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार ३५९ स्थानीय तहमध्ये १६४ वटामा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ ।

कांग्रेसले १२५ गाउँपालिका र ३९ वटा नगरपालिका प्रमुख जितेको छ ।

कांग्रेसलाई पछ्याएको नेकपा एमालेले १०२ वटा स्थानीय तहमा जित हासिल गरेको छ । एमालेले ८० वटा गाउँपालिका अध्यक्ष र २२ वटा नगरपालिका प्रमुख जितेको हो ।

Agani Group

यस्तै नेकपा (माओवादी केन्द्र)ले ७५ स्थानीय तहमा विजयी हासिल गरेको छ । माओवादी केन्द्रले ६७ वटा गाउँपालिका अध्यक्ष र ८ वटा नगरपालिका प्रमुख जितेको छ ।

जारी मत गणनामा जनता समाजवादी पार्टीे ४ वटा गाउँपालिका अध्यक्षमा निर्वाचित भएको छ भने नेकपा (एकीकृत समाजावादी)ले एउटा नगरपालिका प्रमुख जितेको छ ।

Global bank
हालसम्मको मत परिणाम अनुुसार अरु ९ वटा गाउँपालिका र ४ वटा नगरपालिका प्रमुखमा विजय भएका छन् ।

 

प्रतिक्रिया सबै