zoom citrix vdi download zoom quiz app free zoom app download for pc zoom meeting gratis download zoom meeting app download for microsoft edge zoom meeting app for free download
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

तिलाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

 बुधबार, जेष्ठ ४ २०७९  

काठमाडौँ ।जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा माओबादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा गोरीकला बुढा (कल्पना) विजयी भएका छन् ।

रोकाया नेपाली कांग्रेसका एकराज चौलागाईलाई २१ मतान्तरले पछि पार्दै विजयी बनेका हुन् । उनले एक हजार ९ सय ३६ मत प्राप्त गरेका हुन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका एकराज चौलागाईले एक हजार ९ सय १५ मत प्राप्त गरेका हुन ।

उपाध्यक्षतर्फ २ हजार ४ मतसहित नेकपा माओवादी केन्द्रकी गोरीकला बुढा (कल्पना) विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुस्मा श्रेष्ठले एक हजार ८ सय ७ मत प्राप्त गरेकी हुन् ।

यस पटक तिला गाउँपालिकामा ६ हजार ३ सय ३१ मत खसेको थियो ।

प्रतिक्रिया सबै