why is my laptop webcam not working on zoom - why is my laptop webcam not working on zoom zoom download for windows 11 laptop download from zoom.us zoom meeting beitreten ohne app zoom us client for meeting download
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

लेटाङ नगरपालिकामा एमाले विजयी

 बुधबार, जेष्ठ ४ २०७९  

विराटनगर । मोरङको लेटाङ नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

कांग्रेस(माओवादी केन्द्र) गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेका भुपेन्‍द्रकुमार लावती मेयरमा निर्वाचित भएका हुन् । उपमेयरमा कृष्णकुमारी पोखरेल निर्वाचित भएकी छन् ।

लावतीले १० हजार २२७ मत प्राप्त गर्दा गठबन्धनतर्फका कांग्रेस उम्मेदवार ज्ञानेन्द्र ढकालले ८ हजार १०५ मत ल्याएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार कृष्‍णकुमार लिम्‍बुले २८२ मत पाएका छन् ।

उपमेयरमा निर्वाचित पोखरेलले ९ हजार ४६० मत प्राप्त गरिन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्‍णप्रसाद लम्साल ४ हजार ९०५ मत ल्याए । नेकपा एकीकृत समाजवादीकी उम्मेदवार शान्ति पाख्रिन लामाले १ हजार ६६७ मत प्राप्त गरिन् ।

प्रतिक्रिया सबै