भरतपुरमा रेनु दाहालको फराकिलो अग्रता
बुधबार, जेष्ठ ४ २०७९
काठमाडौं । भरतपुर महानगरपालिकामा हालसम्म ३०१५० मत गणना सकिएको छ । पछिल्लो मतपरिणम अनुसार भरतपुर महानगरपालिकामा गठबन्धनको उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता कायम गरिरहेकी छन् ।
गठबन्धनबा नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनुले झण्डै दुई हजार मतान्तरले अग्रता लिएका छन् । रेनुले ११ हजार ४७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनका विजय सुवेदीले ९ हजार ५६ मत पाएका छन् । कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले ४९४२ मत ल्याउका छन् ।
उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले १३२०४ मत ल्याएका छन् भने एमालेले समर्थन गरेका राप्रपाकी हिमला गुरूङले ७३५० मत पाएका छन् ।
प्रतिक्रिया
सबै