zoom meeting zoom meeting login zoom for it download zoom blur transition premiere pro download zoom app download kara join zoom meeting online australia - join zoom meeting online australia download zoom wallpaper zoom stickers download
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

गगन थापाको क्षेत्रमा एमाले विजयी

 बुधबार, जेष्ठ ४ २०७९  

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको क्षेत्रमा नेकपा एमालेका उम्मेदवार विजयी भएको छ । थापाको क्षेत्रमा पर्ने काठमाडौंको बुढानिलकण्ठ नगरपालिका एकालेका उम्मेदवार मिठाराम अधिकारी मेयरमा निर्वाचित भएका हुन् ।

बुधबार सकिएको मतगणना अनुसार अधिकारी १४ हजार २५० मत भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद चालिसेले ११ हजार ५१२ मत ल्याए ।

त्यस्तै एकीकृत समाजवादीका वालकृष्ण श्रेष्ठले २ हजार २२२, स्वतन्त्र उम्मेदवार सुमित खरेलले १ हजार ३०८ राप्रपाका निना भेटवालले १ जार ३९ र माओवादी केन्द्रका डम्बरबहादुर अधिकारीले ६५९ मत ल्याए ।

उपमेयरतर्फ पनि एमालेकै अनिता लामा निर्वाचित भएका छन् । उनले १४ हजार ३१४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रमिला वाग्लेले ११ हजार ९७२ मत ल्याए ।

यस्ते, राप्रपाका चम्पादेवी अधिकारीले १३१२ र माओवादी केन्द्रकी कमला गौमतले ८२७ मत ल्याए ।

प्रतिक्रिया सबै