zoom latest version free download pwa zoom download windows 10 zoom download zoom download uk zoom free download on laptop
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

टिकापुरको मेयरमा रेशम चौधरीको पार्टी विजयी

 बिहिबार, जेष्ठ ५ २०७९  

काठमाडौं । कैलालीको टिकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डगौरा थारु निर्वाचित भएका छन् ।

उनले आफ्ना निकटतम प्रतिस्पर्धी कांग्रेसका नवराज रावललाई तीन हजार मत अन्तरले पराजित गरेका हुन् ।

डगौराले ९ हजार ६ सय ४२ मत प्राप्त गरेका छन् । कांग्रेसका उम्मेदवार रावलले ६ हजार ६ सय ४२ मत पाएका थिए । उपमेयरमा भने माओवादी केन्द्रका खडक शाह निर्वाचित भए ।

उनले नागरिक उन्मुक्ति पार्टीका उल्कादेवी विकलाई १ सय ५३ मतान्तरले पराजित गरेका थिए । माओवादी केन्द्रका शाहले ७ हजार ९ सय ५५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी विकले ७ हजार ८ सय २ मत प्राप्त गरिन् ।

सुदूरपश्चिम अखण्ड र थारुवान÷थारुहट आन्दोलनबाट सिर्जित टिकापुर घटनाका आरोपित रेशम चौधरीकी पत्नी रन्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ती पार्टी ३ महिनाअघि निर्वाचन आयोगमा दर्ता भएको थियो । उक्त पार्टीले स्थानीय तहको निर्वाचनका माध्यमबाट टिकापुरसहित वरपरका जानकी, जोशीपुर र भजनी नगरपालिकाको स्थानीय निर्वाचनमा प्रभाव देखाएको छ ।

प्रतिक्रिया सबै