zoom installation failed error 1005 zoom us download windows 10 how do i download zoom on windows 10 free download zoom meeting app for windows zoom recording link download zoom client desktop download why will zoom not download
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

कैलालीको घोडाघोडीको मेयरमा एकीकृत समाजवादी विजयी

 बिहिबार, जेष्ठ ५ २०७९  

काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ । घोडाघोडीको मेयरमा नेकपा एकीकृत समाजवादीका खडकबहादुर रावत र उपमेयरमा नेपाली कांग्रेसकी गुलियादेवी चौधरी निर्वाचित भएका हुन् ।

रावतले १३ हजार १२८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका ममताप्रसाद चौधरीले ८ हजार २४१ मत ल्याएका छन् । उपमेयरमा निर्वाचित चौधरीले १२ हजार २७० मत पाउँदा उनकी निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी करुणा बम बटालाले ६ हजार ९६३ मत पाएकी छन् ।

एकीकृत समाजवादी पार्टीले कैलालीको चुरे गाउँपालिकामा अध्यक्ष र घोडाघोडीमा मेयर पाएको थियो । चुरे गाउँपालिकामा एमालेसँग पराजित भए पनि घोडाघोडीमा भने एकीकृत समाजवादी मेयर जित्न सफल भएको हो ।

प्रतिक्रिया सबै