zoom app directions free download zoom cloud meeting app for windows 10 zoom.us desktop download zoom installer for windows 11 download zoom windows computer zoom cloud meetings app join zoom meeting with id & password zoom school app download
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

प्रधान सेनापतिद्वारा बेलीबृजको उद्घाटन

 बिहिबार, जेष्ठ ५ २०७९  

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले गोरखा जिल्लास्थित बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ्ग सडक आयोजना अन्तर्गत माछा खोलामा नवनिर्मित बेलीबृजको उद्घाटन गरेका छन् ।

विहिबार रक्षा सचिव किरण राज शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, सडक विभागका निमित्त महानिर्देशक शिव प्रसाद नेपाल, उप महानिर्देशक उमेश विन्दु श्रेष्ठ, स्थानीय जनप्रतिनिधिहरु र नेपाली सेनाका रथी तथा अधिकृतहरुको उपस्थितीमा उद्घघाटन गरिएको थियो ।

उद्घघाटन कार्यक्रम पश्चात प्रधानसेनापति शर्माले बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक आयोजनाको निर्माणाधिन सडक खण्डको हेलिकप्टरमार्फत निरीक्षण गरेका थिए । आयोजनाको प्रगति विवरण लगायत विविध पक्षका बारेमा जानकारी समेत लिएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाद्वारा बिहीबार जारी विज्ञप्तिमा ‘नेपाली सेनाद्वारा गरिएका यस प्रकारका विकास निर्माणका कार्यहरुले समग्र देश विकासमा टेवा पु¥याउनुका साथै नागरिक–सैनिक सम्बन्ध थप सुमधुर हुने विश्वास नेपाली सेनाले लिएको छ’ उल्लेख छ ।

 

प्रतिक्रिया सबै