zoom pro account download can u use zoom on laptop download zoom 5.6.4 download free zoom cloud meeting zoom lionel richie download free download zoom program zoom calls app
२२ मंसिर २०७९, बिहीबार Thursday 8 December, 2022

भरतपुर मेयरमा रेनुलाई ३२६४ मतको अग्रता

 बिहिबार, जेष्ठ ५ २०७९  

काठमाडौं । भरतपुर महानगरपालिकामा ४५ हजार ७६२ मतगणना सकिएको छ । हालसम्म सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनु दाहाले ३२ सय ६४ मतको अग्रता लिइरहेकी छन् ।

रेनुले १७ हजार २९० मत ल्याएकी छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले १४ हजार २६ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उठेका जगन्नाथ पौडेलले भने अहिलेसम्म ७ हजार ४० मत प्राप्त गरेका छन् ।

उपमेयरतर्फ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले फराकिलो अग्रता बनाएका छन्।

उनले १८ हजार ८४८ मत ल्याउँदा एमाले(राप्रपा गठबन्धनकी हिमला गुरुङले ११ हजार २१९ मत मात्रै ल्याएकी छन्।

 

प्रतिक्रिया सबै