zoom cloud meeting app free download for windows 10 64 bit zoominfo stock forecast join zoom meeting with id & password free download zoom meeting zoom app for pc zoom app privacy issues join zoom meeting online - join zoom meeting online
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

धेरै क्षेत्रमा वर्षाको सम्भावना

 शुक्रबार, जेष्ठ ६ २०७९  

काठमाडौं । शुक्रबार दिउँसो मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती, गण्डकी र अन्य प्रदेशका पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

बिहान पनि बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

राति प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङ हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शनिबार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आइतबार पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना छ।

प्रतिक्रिया सबै