download zoom for windows 10 64 bit zoom meeting join online free zoom download for laptop windows 8 na zoom meeting join zoom meeting - na zoom meeting join zoom meeting information regarding zoom app zoom login free download
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले बनाए फराकिलो मतान्तर, लौरोलाई १२९७ मतको अग्रता

 शुक्रबार, जेष्ठ ६ २०७९  

काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । उनले सत्तारुढ दलहरुको समर्थन पाएका नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई १२९७ मतान्तरले पछि पार्दै अग्रता लिइरहेका छन् ।

शुक्रबार दिउँसो साढे १२ बजेसम्म सम्पन्न ३९ हजार ३५७ मत गणनाको नतिजा अनुसार उनले १२ हजार १५ मत प्राप्त गरिसकेका छन् । कांग्रेसका उम्मेदवार किशोर राईले १० हजार ७१८ मत प्राप्त गरेका छन् भने एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ८ हजार ७३९ मत प्राप्त गरेकी छन् ।

उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अइन्द्रबिक्रम बेघाको अग्रता कायमै छ । उनले १२ हजार ३७६ मत प्राप्त गरेका छन् भने एमालेका पदम इस्वो लिम्बुले ११ हजार ७६५ मत पाएका छन् । बेघा ६११ मतले अगाडि छ । अहिले वडा नं ११, १३ र १४ को मतगणना भइरहेको छ ।

प्रतिक्रिया सबै