zoom download safety zoominfo pricing list - zoominfo pricing list zoom meeting login join meeting online free download - zoom meeting login join meeting online free download download zoom installer full zoom filter download
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

मतपेटिका लुटेर भागेका हवल्दार पक्राउ

 शुक्रबार, जेष्ठ ६ २०७९  

काठमडौं । रौतहटमा मतपेटिका लुटेर भागेका मुख्य आरोपी पक्राउ परेका छन् । यमुनामाई गाउँपालिका २ बस्ने ४६ वर्षीय चन्देश्वर बैठालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ मा रौतहटको यमुनामाई २स्थित श्री मावि भेडियाही स्कुलमा रहेको मतदान केन्द्रबाट मतपेटिका लुटिएको थियो ।

मतदान स्थगित भएपछि मानिसहरूको हुल आएर जबरजस्ती प्रवेश गरी बैठाले मतपेटिका लुटेर भागेका थिए । तर, प्रहरीले हवाई फायर गरेपछि बैठाले सो मतपेटिका छाडेर भागेका थिए । घटनापछि फरार भएका बैठाको खोजी गरी प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक मल्लका अनुसार उनी पूर्व प्रहरी हवल्दार समेत हुन् । ‘प्रहरी भइसकेको हुँदा धेरै कुराहरूमा सहज हुन्छ । उनलाई धेरै कुरा थाहा रहेछ । सुरक्षा व्यवस्था कस्तो छ भन्ने पनि थाहा हुन्छ’ उनले भने, ‘उनी आफै पनि कति पटक खटिसकेको पनि होला।’ उनी कुन पार्टीमा आबद्ध छन् भन्ने खुलिनसकेको प्रहरीको भनाई छ ।

उनीमाथि निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कानूनी कारबाहीको लागि रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएका ेछ ।

बैठाले नेपाल प्रहरीमा १७ वर्ष काम गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत हुँदा लागुऔषध तस्करी गरेको पाएपछि उनलाई निलम्बन गरी प्रहरीबाट हटाएको थियो ।

प्रतिक्रिया सबै