काठमाडौं २५ र २७ मा स्थापितले बढाए अग्रता, बालेन तेस्रो

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २५ र २७ मा नेकपा एमालेका केशव स्थापितले अग्रता बढाएका छन् । महानगरपालिकाको मतगणना सुरु भएदेखि नै अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह भने पछिल्लो पटक गणनाको दुईवटा वडामा भने पछि परेका छन् ।
शाह नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा झण्डै दोब्बर मतले पछाडि परेका हुन् । शुक्रबार दिउँसो २ बजेपछि सार्वजनिक भएको मत परिणामअनुसार उनी वडा नम्बर २५ र २७ मा स्थापितभन्दा झण्डै दोब्बर मतले पछि परेका हुन् ।
वडा नम्बर २५ मा साहले ४२ मत ल्याउँदा स्थापितले ७९ मत पाए । यस्तै उनले २७ नम्बर वडामा २४५ मत प्राप्त गर्दा स्थापितले ४७७ मत पाएका छन् ।
नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ नम्बर वडामा ४१ र २७ नम्बर वडामा ३२८ मत प्राप्त गरेकी छन्। २७ मा उनले स्वतन्त्र उम्मेदवार साहलाई पछाडि पारेकी छन् ।
काठमाडौँमा ७६ हजार १७१ मत गणना भएको छ । अहिले वडा नम्बर ६, ७, ८, ९, २५, २६, २७, २९ र ३१ मा गणना जारी छ ।