free download of zoom for pc integrate zoom in your app zoom browser download zoom download for windows zoom latest version download zoom pcf-6 protective case zoom download. zoom meeting app - zoom meeting app
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

अमेरिकी उपविदेशमन्त्री नेपालमा

 शुक्रबार, जेष्ठ ६ २०७९  

काठमाडौं । मेरिकी उपविदेशमन्त्री उज्रा जिया तिनदिने भ्रमणमा नेपाल आएकी छन् । उपविदेशमन्त्री जियालाई शुक्रबार दिउँसो अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सिस्टाचार अधिकृत मनहरी दङगालले स्वागत गरेका छन् ।

उनले भोलि शनिबार अपरान्ह काठमाडौंस्थित तिब्बती शरणार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । पर्सि आइतबार उनले प्रधानमन्त्री शेर बहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र गृहमन्त्री बालकृष्ण खाणसँग भेट्ने कार्यक्रम छ ।

उपविदेशमन्त्री जियाले ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेकी छन् । जिया अमेरिकी रास्ट्रपति जो बाइडेनकी तिब्बत मामिला हेर्ने विशेष संयोजक पनि हुन। भारत भ्रमण सकेर उनी नेपाल आएकी हुन् । जियाले धर्मशालास्थित निवासमा पुगेर निर्वासित तिब्बती धर्म गुरु दलाइ लामासँग भेट गरेकी थिइन् ।

 

 

प्रतिक्रिया सबै