zoom meeting download for laptop windows 11 zoom app windows 10 pc - zoom app windows 10 pc zoom sound effect download zoom meeting free download - zoom meeting free download zoom windows download zoom 1 font free download zoom app download for pc login - zoom app download for pc login
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

संसदमा बालेनको चर्चा

 शुक्रबार, जेष्ठ ६ २०७९  

काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा चर्चामा रहेका काठमाडौं महानगरपालिकाका मेयरका उमेदवार बालेन्द्र शाहको चर्चा छ । उनको चर्चाको तरंग संघीय संसदमा समेत पुगेको छ ।

शुक्रबार संसदमा जारी आगामी आर्थिक वर्षको बजेटको विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा सांसदहरुले उनको नाम लिँदै अब राजनीतिक दलहरुले सच्चिनु पर्ने यति नसच्चिए बालेन जस्ताहरु बढेर जाने बताएका छन् ।

सांसद तारा कुमारीले राजनीतिक मुद्रासँगै आर्थिक मुद्दामा राजनीतिक पार्टीहरू एक ठाउँमा आउन नसके अरु बालेनहरु पनि जन्मिने बताएकी हुन् ।

‘अहिले तपाई नेताहरुलाई खुब पोलेको होला नी । बालेन भन्ने फेरि को आयो ? यस्तै हो भने एउटा बालेन मात्र होइन अरु बालेनहरु पनि आउन सक्छन् । आफु मन्त्री, सत्तामा हुँदा चाहिँ केही नगर्ने अनि अरु भएको बेला चाहिँ केकेन गरुला झै गरेर विरोधमा उत्रिने । यसो गर्न छाडौँ, मुलुकको राजनीतिक सुधारसँगै आर्थिक रुपान्तरणका लागि सबै एकैठाउँमा आउँ,’ उनले भनिन् ।

 

प्रतिक्रिया सबै