download zoom iu zoom installer full zoom app for schools zoom app for windows 10 filehippo zoom and download
१३ मंसिर २०७९, मंगलवार Tuesday 29 November, 2022

धरानमा स्वतन्त्र उम्मेदवार हर्कराजलाई ११४१ मतको अग्रता

 शुक्रबार, जेष्ठ ६ २०७९  

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राईले अग्रता कायमै राखेका छन् ।

हालसम्म ४०,५९७ मत गणना गरिसक्दा राईले १२,१९९ मतसहित अग्रता लिइरहेका छन् । उनलाई मेयरमा कांग्रेसका उम्मेदवार किशोर राईले ११,०५८ मतसहित पछ्याइरहेका छन् भने हर्कराज किशोरभन्दा ११४१ मतले अगाडि छन् ।

यस्तै, मेयरमै एमालेका उम्मेदवार मञ्जु भण्डारी सुवेदीले ९,१८५ मत पाएकी छन् । धरानमा कुल ६२,८९७ मत खसेको थियो । त्यसमध्ये हालसम्म ४०,५९७ मतको गणना सकिएको छ ।

यस्तै, उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार अइन्द्र विक्रम बेघाले १२,५९७ मतसहित अग्रता कायम गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार पदम प्रसाद लिम्बुले १२,२३१ मतसहित पछ्याइरहेका छ ।

प्रतिक्रिया सबै