zoom desktop download pc download zoom offline installer free zoom software download zoom.us/support/download zoom cloud meeting app for pc zoom download 5.4.2
१३ मंसिर २०७९, मंगलवार Tuesday 29 November, 2022

अदालतका दोषीलाई जनताबाट न्याय : रेशम चौधरीको पार्टीले जित्यो पपुलर मत ल्याउँदै चार पालिका

 शनिबार, जेष्ठ ७ २०७९  

काठमाडौं । जेलमा रहेका रेशम चौधरीको पार्टी ‘नगरिक उन्मुक्ति पार्टी’ले स्थानीय तह निर्वाचन अन्तर्गत चार वटा स्थानीय तहमा जित हासिल गर्न सफल भएको छ । २०७८ पुष १९ गते निर्वाचन आयोगमा दर्ता भएको रेशमको पार्टीले आधार क्षेत्र सुदूरपश्चिमको कैलालीका चार पालिकाको नेतृत्व जित्न सफल भएको हो ।

कैलालीको टीकापुर नगरपालिका, भजनी नगरपालिका, जोशीपुर गाउँपालिका र जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । चारै पालिकामा रेशमको पार्टीले सत्तारुढ पाँच दलीय गठबन्धन र नेकपा एमालेसँग एक्लै प्रतिस्पर्धा गरेको थियो ।

कैलालीको टीकापुर नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारु मेयर निर्वाचित भए । उनले ९ हजार ५४२ मत पाए । थारुका निकटतम प्रतिस्पर्धी पुरानो पार्टी नेपाली कांग्रेसका नवराज रावल ६ हजार ६४२ मत प्राप्त गर्दै पराजित भए । नयाँ पार्टीका थारुले पुराना पार्टीका रावललाई ३ हजारको फराकिलो मतले पराजित गरे ।

त्यस्तै, भजनी नगरपालिकाको मेयर र उपमेयर दुवै रेशमकै पार्टीले जितेको छ । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट मेयरका उम्मेदवार केवल चौधरी ८ हजार ९६६ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका शेरबहादुर चौधरी ५ हजार १९८ मत प्राप्त गर्दै पराजित भए । मेयरमा केवलले शेरबहादुरलाई ३ हजार ७६८ मतको फाकिलो अन्तरले पराजित गरेका हुन् ।

उपमेयरमा नागरिक उन्मुक्तिकै राजु तिरुवा निर्वाचित भए । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोकेन्द्र भण्डारी ४ हजार ४९० मत प्राप्त गर्दै पराजित भए । उपमेयरमा पनि नागरिक उन्मुक्तिका उम्मेदवार राजु ३ हजार १३२ मतसहित फराकिलो अग्रताका साथ निर्वाचित भएका हुन् ।

त्यसैगरी, जोशीपुर गाउँपालिकामा पनि रेशमकै पार्टीले अध्यक्ष र उपाध्यक्ष जित्यो । नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्षका उम्मेदवार चित्रबहादुर चौधरी ४ हजार ९०३ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसका उम्मेदवार बन्सराम वडायक ३ हजार ३६८ मतसहित पराजित भए । चित्रबहादुर १५३५ मतको फराकिलो अग्रतामा विजयी भएका हुन् ।

जोशीपुरको उपाध्यक्ष पनि नागरिक उन्मुक्ति पार्टीले नै जितेको छ । उपाध्यक्षका उम्मेदवार रेखादेवी कठरीया ४ हजार ५८१ मतसहित निर्वाचत हुँदा निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार दीर्घराज बिनाडी ३ हजार ९६१ मत प्राप्त गर्दै पराजित भए । रेखादेवी ६२० मतको अग्रतामा विजयी भएका हुन् ।

त्यसैगरी, कैलालीकै जानकी गाउँपालिकामा पनि नागरिक उन्मुक्ति पार्टी नै विजयी भएको छ । नागरिक उन्मुक्तिबाट अध्यक्षका उम्मेदवार गणेश चौधरी अध्यक्ष निर्वाचित हुँदा प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका परशुराम महतौ पराजित भए ।

जानकीमा उपाध्यक्ष पनि नागरिक उन्मुक्ति पार्टीले नै जितेको छ । नागरिकका उपाध्यक्ष उम्मेदवार लालमतीदेवी कठरिया निर्वाचित हुँदा मुख्य प्रतिस्पर्धी नेकपा एमालेका गीत चौधरी पराजित भए । नागरिक उन्मुक्ति पार्टी स्थानीय निर्वाचनभन्दा ४ महिना अगाडि अर्थात २०७८ पुष १९ गते निर्वाचन आयोगमा दर्ता भएको हो ।

को हुन् रेशम चौधरी ?
टीकापुर घट्नाका मुख्य दोषी आरोप लागेको रेशम अहिले डिल्लीबजार कारागारमा छन् । देशमा संघीयताविरुद्ध सुदूरपश्चिम क्षेत्रमा ‘अखण्ड सुदूरपश्चिम’ नामको आन्दोलन चलेको बेला ‘थरुहट प्रदेश’को माग गर्दै रेशम चौधरीलगायतले २०७२ भदौ ७ गते आन्दोलन चर्काएका थिए । सोही प्रदर्शनमा घुसपैठ भयो । र, हिंसा भड्किँदा सात जना प्रहरी र एक बाललको मृत्यु भएको थियो ।

सात प्रहरी र एक बालक नै मारिनेगरी हिंसा भड्किएपछि थारु समुदायमाथि राज्यले ठूलो दमन गर्यो । हजारौं थारु अझै पनि विस्थापित छन् । धेरै नेता जेलमा छन् । थरुहट आन्दोनका अगुवा रेशम लगायतलाई राज्यले टीकापुर घटनाका मुख्य योजनाकारको आरोप लगायो ।

टीकापुर घटनाको मुख्य योजनाकारको आरोप लागेपछि रेशम खुलेर हिन्ने अवस्था थिएन, निर्वासन जस्तै थिए । २०७४ को आम निर्वाचत आएपछि रेशम कैलाली क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनता पार्टी (राजपा)मामार्फत प्रतिनिधिसभा सदस्यको उम्मेदवार भए । राजपापछि संघीय समाजवादी फोरमसँग एकता गर्दै जनता समाजवादी पार्टी (जसपा) बनेको थियो ।

राज्यले अपराधीको बिल्ला भिराएका रेशम झण्डै २१ हजार अन्तरले निर्वाचित भए । रेशम ३४३४१ मतसहित निर्वाचित भए । राज्यले रेशमलाई अपराधी घोषणा गर्दा लोकले ‘नजनेता’ बनाए । राज्यले जनमत स्वीकार्न सकेन । जिल्ला र उच्च अदालत दुवैले रेशमलाई टीकापुर घटनाको देषी नै ठहर्यायो । त्यसपछि रेशम काठमाडौंको डिल्लीबजार कारागारमा सजाय भोग्दै छन् ।

अनि जन्मियो ‘नागरिक उन्मुक्ति पार्टी’
कारागारमा हुँदा रेशम जसपामै थिए । २०७७ पुष ५ गते केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको घटनाले रेशमको राजनीतिक यात्रा मोडियो । ओलीको असंवैधानिक कदमको पक्ष र विपक्षमा जसपाका नेता विभाजित हुँदा पार्टी विभाजन भयो । जसपा बन्नुअघिको राष्ट्रिय जनतामा पार्टी (राजपा) पक्षका नेताहरु नयाँ पार्टी गठन गर्ने निर्णयमा पुगे । जसपका केन्द्रीय कार्यकारीणि समितिका सबै नेतालाई एक–एक बोलाएर निर्वाचन आयोगले पक्ष र विपक्षमा हस्ताक्षर गर्न लगायो । ‘हेडकाउन्ट’ गर्यो ।

कारागारबाट रेशम ठूलो सुरक्षा घेरामा निर्वाचन आयोग पुगे । तर, उनले पार्टी विभाजन गर्ने पक्ष र विपक्ष दुवैमा त जाहेर गरेनन् । पूर्व राजपा समूहकै भएपनि पार्टी विभाजन गर्ने पक्षमा रहेका पूर्व राजपालाई रेशमको साथ मिलेन । अन्ततः रेशम कारागार फर्के । निर्वाचन आयोगले ९ भदौ २०७८ जसपा औपचारिक रुपमा विभाजन भएको घोषणा गरेपछि रेशमको तत्कालीन पार्टीको ठूलो तप्का जसपाकै रुपमा रहे । लोकतान्त्रिक समाजवादी पार्टी गठन भए पनि रेशम कतै लागेन ।

पार्टी विभाजनपछि निराश भएका रेशम जेलमै रहेर नयाँ पार्टी गठन गरी संघर्ष गर्ने निधोमा पुगे । २०७८ पुष १९ गते रेशमका श्रीमती रञ्जिता श्रेष्ठ नयाँ पार्टी गठनका लागि निवेदन बोकेर निर्वाचन आयोगमा पुगेका थिए । आयोगले सोहि दिन ‘नागरिक उन्मुक्ति पार्टी’ लाई नयाँ दलका रुपमा मान्यता दिएको हो ।

उक्त दलकी अध्यक्ष हुन् रञ्जिता श्रेष्ठ । सुरुमा यो दल कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीको नाममा दर्ता गर्ने तयारी थियो । टीकापुर घट्नाका मुख्य योजनाकार आरोप लागेका रेशम डिल्लीबजार कारागारमा रहेका कारण तयारी सम्भव नभएपछि उनकी श्रीमती रञ्जिताले आफ्नो नाममा दल दर्ता गराएकी हुन् ।

प्रतिक्रिया सबै