desktop zoom free download zoom cloud meeting free download for laptop join a zoom meeting with id and passcode download zoom on microsoft edge www vn zoom com download
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

‘बलात्कार गर्न बन्द गर’ भन्दै कान्सको रेड कार्पेटमा चिच्याइन् महिला (भिडियो)

 शनिबार, जेष्ठ ७ २०७९  

काठमाडौं । कान्स फिल्म फेस्टिबल २०२२ को रेड कार्पेटमा एक महिलाले चिच्याउँदै पुगेपछि हंगामा मच्चिएको छ । ती महिलाले कान्स रेड कार्पेटमा गएर, टपलेस भएर चिच्याउन थालेपछि हंगामा मच्चिएको हो ।

ती महिलाले आफ्नो शरीरमा युक्रेनको झण्डाको रङले पेन्ट गरेकी थिइन् । उनको शरीरमा लेखिएको थियो, ‘हामीलाई बलात्कार गर्न बन्द गर ।

७५ औँ कान्स फिल्म फेस्टिबलमा हलिउड अभिनेत्री टिल्डा स्विनटोन र इड्रिस एल्बा आफ्नो नयाँ फिल्म थ्री थाउजेन्ड इयर्स अफ लङ्गिङको प्रिमियरमा पुगेका थिए । यसैबीच एक अपरिचित महिलाले आएर चिच्याउन सुरु गरेकी थिइन् । महिलाले युक्रेनको झण्डाको रङलाई आफ्नो शरीरमा लगाएकी थिइन् । साथै रातो रङको अन्डरप्यान्ट लगाएकी थिइन् जसमा रातो रङले हातको निशाना बनाइएको थियो । ती महिलाका कारण रेड कार्पेटमा सेलिब्रिटीहरुलाई रोकियो । त्यसपछि सुरक्षाकर्मीले उनलाई कालो रङको ज्याकेटले ढाके र आफूसँगै लिएर गए ।

यी महिला युक्रेनकी एक अभियन्ता भएको बताइएको छ । युक्रेन र रुसबीच थुप्रै महिनादेखि युद्ध चलिरहेको छ । यसैबीच युक्रेनकी महिलामाथि बलात्कारको घटना पनि सार्वजनिक भइरहेको छ । युक्रेनका राष्ट्रपति भालोदिमिर जेलेन्स्कीले अघिल्लो महिना थुप्रै बलात्कारका घटना सार्वजनिक भएको बताएका थिए । रुसी सेनाले महिलाका साथै स–साना बालिकाको पनि यौन शोषण गरिरहेको बताइएको छ ।

यस वर्ष कान्स फिल्म फेस्टिबलको मुख्य थिम युद्ध हो । १९ मे मा कान्स २०२२ मा मारियुपोलिस–टु नामको डकुमेन्ट्री देखाइएको थियो । यसलाई मान्तास भेदाराभिसियस नामका लिथुआनियन निर्देशकले बनाएका थिए । मान्तासलाई रुसी सैनिकले अघिल्लो महिना युक्रेनमा मारेका थिए । फेस्टिबलको मार्केटप्लेसमा शनिबार, २१ मेको पूरा दिन युक्रेनका फिल्म निर्मातालाई डेडिकेट गरिएको छ ।

 

 

View this post on Instagram

 

A post shared by @fuckzelinskii

प्रतिक्रिया सबै