dj cleo zooma free download zoom app paid zoom hack download pc download speed required for zoom call - download speed required for zoom call is it free to download zoom zoom app marketplace slack why do pcr results take so long
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

७०२ पालिकाको नतिजा सार्वजनिक, कांग्रेस बन्यो पहिलो दल, अन्यको अवस्था कस्तो छ ?

 आइतवार, जेष्ठ ८ २०७९  

काठमाडौं । वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना अन्तिम चरणमा छ । ७५३ स्थानीय तहमध्ये हालसम्म ७०२ पालिकाको नतिजा सार्वजनिक भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले आइतबार विहान ८ः ३० बजेसम्म ३११ पालिकामा प्रमुख जितेको छ भने २८३ स्थानमा उपप्रमुख जितेको छ । कांग्रेसले अझै १५ स्थानमा अग्रता लिइरहेको छ ।

यता २०७४ सालमा पहिलो दल बनेको नेकपा एमालेले यसपटक दोस्रो दलमा चित्त बुझाउनु पर्नेछ । एमालेले हालसम्म १९० स्थानमा पालिका प्रमुख जितेको छ भने २१८ स्थानमा उपप्रमुख जितेको छ ।

यस्तै, माओवादी केन्द्रले ११९ स्थानीय तहको नेतृत्व जित्न सफल भएको छ । उपप्रमुखमा १२४ स्थानमा जित हात पारेको छ । जनता समाजवादी पार्टीले २९ स्थानमा जित हात पारेको छ ।

यस्तै, नेकपा एकीकृत समाजवादीले पहिलो पटक भाग लिएको स्थानीय निर्वाचनमा १७ स्थानमा प्रमुख र २१ स्थानमा उपप्रमुख जित्न सफल भएको छ ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले ११ पालिकामा प्रमुख र ९ पालिकामा उपप्रमुख जितेको छ । राप्रपाले ४ र अन्य दलले २३ स्थानमा जितेको छ ।

अहिले महानगर, उपमहानगर र केही जिल्ला लगायतका क्षेत्रमा मतगणना जारी छ । महानगरमा काठमाडौं, पोखरा, भरतपुर, वीरगञ्ज र ललितपुरमा मतगणना भइरहेको छ ।

काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम गरेका छन् । त्यस्तै, भरतपुर महानगरमा माओवादी केन्द्रका रेणु दाहालले अग्रता लिइरहेका छन् । पोखरा महानगरमा गठबन्धनतर्फ एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिइरहेका छन् ।

त्यस्तै, ललितपुरमा नेपाली कांग्रेसका चिरिबाबु मर्हजनले अग्रता लिइरहेका छन् भने वीरगञ्जमा जसपामा राजेशमान सिंहले अग्रता कायम गरेका छन् ।

त्यस्तै, धरान उपमहानगरपालिका र धनगढी उपहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले फराकिलो अग्रता बनाएका छन् ।

प्रतिक्रिया सबै