१५ मंसिर २०८०, शुक्रबार Friday 1 December, 2023

महोत्तरी भँगाहा नगरपालिका प्रमुखमा लोसपा विजयी

 आइतवार, जेष्ठ ८ २०७९  

काठमाडौं । महोत्तरीको भँगाहा नगरपालिका प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सञ्जीवकुमार साह विजयी भएका छन् । साह ५ हजार ६१७ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका विजय मण्डलले ५ हजार ३५४ मत पाएका छन् ।

यस्तै, उपप्रमुखमा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । उपप्रमुखमा कांग्रेसकी शान्तिकुमारी सिंह विजयी भएका छन् । उनले ५ हजार ७७५ मत पाउँदा लोसपाकी गंगाकुमारी सिंह दनुवारले ५ हजार ३५५ मत पाएका छन् ।

 

प्रतिक्रिया सबै