zoom app clone script zoom meeting icon download zoom download for windows 10 pro 64 bit zoom client app download free join zoom meeting with id & password protect download hack zoom app
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

बालेनको मत ४० हजार कट्यो, स्थापित तेस्रोमा खुम्चिए

 आइतवार, जेष्ठ ८ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाको नयाँ नेतृत्वका लागि एक सातादेखि मतगणना जारी छ । आइतवार मध्यान्हसम्म महानगरपालिकाका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता अझै बढेको छ ।

आइतवार दिउँसो ११ बजेसम्म १ लाख १४ हजार २०५ मत गनिसकिएको छ । लौरो चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ४० हजार ४२७ मत प्राप्त गरेका छन् ।

उनलाई अहिले नेपाली कांग्रेसकी सिर्जना सिंहले दोस्रो नम्बरमा रहेर पछ्याइरहेकी छन् । सिंहले भने २३ हजार १९३ मत प्राप्त गरेकी छन् ।

यसअघि दोस्रो नम्बरमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रो नम्बरमा झरेका छन् । स्थापितले ताजा अवस्थामा २२ हजार ४१५ मत ल्याउन सकेका छन्।

प्रतिक्रिया सबै