free zoom download for computer join zoom meeting a zoom meeting best free zoom app download zoom 5.8.3 cakewalk by band zoom download windows download zoom for windows 10 64 bit desktop download zoom participant list
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

वीरगञ्ज महानगरमा गठबन्धनको जित निश्चित

 सोमवार, जेष्ठ ९ २०७९  

काठमाडौं । वीरगञ्ज महानगरमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी ९जसपा०का मेयरमा उम्मेदवार राजेशमान सिंह र उपमेयरमा कांग्रेसका इम्तियाज आलमको जित सुनिश्चित भएको छ ।

राजेशमान र इम्तियाज मतगणना हुन बाँकी मतभन्दा बढी अन्तरले अगाडि रहेका छन् । वीरगञ्जमा १ लाख २४ हजार ६ सय ४७ मतदाता रहेकामा ९३ हजार ७ सय ८२ मत खसेको थियो । ७७ हजार ५७७ मत गणना भइसकेको छ । अब १६ हजार २०५ मत गणना हुन बाँकी छ ।

तर, राजेशमान सिंह नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगी भन्दा १८ हजार ७५८ मत अन्तरले अगाडि छन् । यो गणना हुन बाँकी १६ हजार २०५ मतभन्दा २ हजार ५५३ मत बढी हो । त्यसैले राजेशमानको जित सुनिश्चित भएको हो । राजेशमानले ३८ हजार ४३७ र सरावगीले १९ हजार ६७९ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा पनि गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका इम्तियाज आलमले अग्रता लिइरहेका छन् । उनले आफ्ना प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाभन्दा झण्डै ४ गुणा बढी मतले अगाडि छन् ।

इम्तियाजले २४ हजार ९१५ मत पाउँदा झाले हालसम्म ६ हजार ५६८ मत मात्रै पाएका छन् । उनीहरुबीच १८ हजार ३४७ को मतान्तर देखिएको छ । उपमेयरमा पनि इम्तियाजको जीत निश्चित भएको छ ।

प्रतिक्रिया सबै