another app like zoom zoom meeting app icon download zoom vdi client zoom download update join zoom meeting with id & password
१३ मंसिर २०७९, मंगलवार Tuesday 29 November, 2022

एमालेसँग साँठगाँठ गरेका बागी उम्मेदवार पराजित

 सोमवार, जेष्ठ ९ २०७९  

काठमाडौं । तनहुँको ब्यास नगरपालिकामा नेपाली कांग्रेसका छाडेर एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका दीपकराज जोशी पराजित भएका छन् । उनलाई नेपाली कांग्रेसका बैकुण्ठनाथ न्यौपानेले २५२ मतान्तरले पराजित गरेका हुन् ।

बैकुण्ठनाथ १२ हजार ७८ मतसहित विजयी भएका हुन् । कैंची चुनाव चिन्ह पाएका प्रतिस्पर्धी जोशीले ११ हजार ८ सय २६ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपप्रमुखमा कांग्रेसकै इन्दिरा दरै विजयी भएकी छन् । उनी १३ हजार ४ सय ९८ मतसहित विजयी भएकी हुन्। उनकी प्रतिस्पर्धी एमालेकी बसुन्धरा घर्ती १० हजार ४२ मत प्राप्त गरेकी छन् । कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीका छोरासमेत रहेका दीपकराजलाई एमालेले समर्थन गरेको थियो ।

प्रतिक्रिया सबै