desktop zoom free download login to zoom meeting with id www.zoom app download.com class for zoom download clean zoom download
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

बलात्कारका आरोपित मनोज पाण्डेलाई अदालतमा पेस गरिँदै

 सोमवार, जेष्ठ ९ २०७९  

काठमाडौँ । सुन्दरी प्रतियोगिताका नाममा सहभागी युवतीमाथि यौन हिंसा‚ शोषण तथा बलात्कारको आरोप लागेका मनोज पाण्डेलाई प्रहरीले अदालतमा पेस गर्न लागेको छ ।

मानव बेचबबिखन तथा ओसारपसार ऐन, २०७४ अन्तर्गत मुद्दा चलाएर अनुसन्धान गर्नका लागि पाण्डेलाई अदालतमा पेस गर्न लागिएको गृहसचिव टेकनारायण पाण्डेले जानकारी दिएका छन् ।

गृहसचिव पाण्डेले कपिलवस्तु घर भई काठमाडौंमा ग्लोबल मोडलिङका नाममा सहभागी महिलामाथि बलात्कार गर्ने मनोजकुमार जैसीलाई अदालतमा पेस गर्न लागिएको जानकारी दिएका हुन् । २०७१ सालमा भएको बलात्कारको घटनालाई युवतीले ८ वर्षपछि केहि दिनअघि टिकटकबाट सार्वजनिक गरेकी थिइन् । त्यसपछि मनोजलाई जेठ ७ गते पक्राउ गरिएको छ ।

मानव बेचबिखन तथा ओसारपसार कानुनमा हदम्यादको व्यवस्था नभएकाले उक्त कानुनअन्तर्गत कारबाही गर्नका लागि म्याद थप गर्न लागिएको गृहसचिव पाण्डेले जानकारी दिएका छन् । उनले अन्य कानुनमा हदम्याद भए पनि मानव बेचबिखनअन्तर्गत मुद्दा चलाउन लागिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया सबै