join zoom meeting online on laptop - join zoom meeting online on laptop zoom msi install commands - zoom msi install commands free download zoom cloud meeting app launch meeting zoom download zoom app uses zoom app for windows 11 64 bit
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

बालबालिकालाई कुन उमेरमा विद्यालय शिक्षा उपयुक्त

 सोमवार, जेष्ठ ९ २०७९  

काठमाडौं । आमाको दूध छुटाउन पाएको हुँदैन, अभिभावकहरु आफ्ना बच्चालाई विद्यालय भर्ना गरिदिने हतारोमा हुन्छन् । काखे बच्चालाई कक्षाकोठामा पुर्‍याइन्छ, अक्षर घोकाइन्छ र गृहकार्य गराइन्छ । पुस्तकको गह्रौं झोला थमाइन्छ । किन ?

आमाबुवा चाहन्छन्, ‘सानै उमेरमा विद्यालय भर्ना गरिदिए जान्नेबुझ्ने हुन्छन् । धेरै पढ्छन् ।’ तर अभिभावकको यस्तो अपेक्षासँग बच्चाको शारीरिक र मानसिक अवस्थाको तालमेल मिल्छ ?

विश्वभरको अभ्यास र अध्ययनले भन्छ, ‘६ वर्षभन्दा कम उमेरमा कुनै पनि बालबच्चा पठनपाठनका लागि तयार भएका हुँदैनन् ।’ चाहे फिनल्याण्डको शिक्षा प्रणालीलाई हेरौं वा नर्वे र जापानको नै ।

नेपालको विद्यालयमा भने प्लेग्रुप, नर्सरी, यूकेजी, एलकेजी जस्ता श्रेणीहरु राखिएका छन् । ५ वर्षको उमेरमा एक कक्षा भर्ना हुँदासम्म बच्चाले अरु चारवटा श्रेणी उत्तीर्ण गरिसकेको हुनुपर्ने अवस्था छ । त्यसैले बच्चालाई चाँडै शिक्षादीक्षा दिलाउने अभिभावकको मनोविज्ञान अनुसार उमेर नपुग्दै विद्यालय पठाउने हतारो र होड सुरु हुन्छ ।

जब बच्चा ज्ञानआर्जनको लागि योग्य हुन्छन्, उपनयन संस्कार गरिन्छ । तर हाम्रो विद्यालय शिक्षाको वर्तमान परिदृश्य फरक छ । अढाइ(तीन वर्षको उमेरमै बच्चालाई विद्यालय पठाउने होडमा हुन्छन् अभिभावकहरु । किन ?

यसमा कतिपय बाध्यता र कतिपय लहडले काम गरेको पाइन्छ । कामकाजी दम्पती जसलाई आफ्नो बच्चा हेर्ने फुर्सद हुँदैन, उनीहरुले बच्चालाई विद्यालयमा भर्ना गरिदिन्छन् । कतिपयले अरुको देखासिकीमा बच्चालाई विद्यालय पठाउन हतार गर्छन् । वर्तमान सामाजिक व्यवस्था, विद्यमान शिक्षा पद्धति, शिक्षाप्रतिको कमसल बुझाइ, पारिवारिक दबाबको कारण धेरैजसो अभिभावकले बच्चालाई सानै उमेरमा विद्यालय हाजिर गराउँछन् ।

त्यसो त सानो उमेरमा विद्यालय पठाउनै नहुने भन्ने होइन । एक वर्षमा नै विद्यालय पठाइए पनि पढाउन सुरु भने सात वर्ष लागेपछि मात्र सुरु गर्नुपर्ने शिक्षाविद् कोइराला बताउँछन् ।

गाउँघर, जहाँ संयुक्त परिवार छ । त्यस्तो परिवारमा भने बालबालिकालाई छिटो विद्यालय पठाउनुपर्ने आवश्यकता हुँदैन । घरमा हजुरबुवा र हजुरआमासँग समय बिताएर खेलेर उसले अरु जीवनोपयोगी कुराहरु सिक्ने शिक्षाविद्हरुको राय छ ।

नेपालको विद्यालयमा भने प्लेग्रुप, नर्सरी, यूकेजी, एलकेजी जस्ता श्रेणीहरु राखिएका छन् । ५ वर्षको उमेरमा एक कक्षा भर्ना हुँदासम्म बच्चाले अरु चारवटा श्रेणी उत्तीर्ण गरिसकेको हुनुपर्ने अवस्था छ । त्यसैले बच्चालाई चाँडै शिक्षादीक्षा दिलाउने अभिभावकको मनोविज्ञान अनुसार उमेर नपुग्दै विद्यालय पठाउने हतारो र होड सुरु हुन्छ ।

क्लिनिकल चिकित्सकको रुपमा लामो समय जापान बसेर फर्किएका डा. विजय ज्ञवालीका अनुसार ६ वर्षभन्दा कम उमेरका बच्चालाई कलम, कापी दिइँदैन । बरु उनीहरुलाई स्वच्छन्द खेल्न र हुर्कन दिइन्छ ।

बच्चालाई बच्चाजस्तै हुन दिनुपर्छ

बच्चालाई कक्षाकोठामा राखेर पाठ घोकाउने भन्दा पनि उपयुक्त उमेर नभएसम्म स्वतन्त्र रुपले खेल्न, रमाउन दिनुपर्ने मनोविद्हरु बताउँछन् । बच्चालाई बच्चाकै रुपमा रहन दिनुपर्ने भनेर नै विद्यालय शिक्षाका लागि एउटा निश्चित उमेर तय गरिएको हो ।

घर नै पहिलो पाठशाला र आमाबुवा नै पहिलो शिक्षक भन्ने गरिन्छ । सानो उमेरमा उनीहरुलाई आमा र बुवाको सामीप्य अनि स्पर्श बढी जरुरी हुन्छ । घरको वातावरणमा खेल्दै, रमाउँदै हुर्कंदा बच्चामा रचनात्मक क्षमता विकास हुन्छ । उनीहरुको रुचि के हो ? क्षमता कस्तो हो स्पष्ट हुँदै जान्छ । बच्चाको बालापनलाई जोगाउनुपर्छ,

खेल्ने र रमाउने उमेर

६ वर्षभन्दा कम उमेर पुस्तक घोक्ने, अक्षर लेख्ने भन्दा पनि खेल्ने र रमाउने उमेर हो । यदि विद्यालयमा स्वतन्त्र ढंगले खेल्ने, रमाउने व्यवस्था छ भने जुनसुकै उमेरमा पनि बच्चालाई विद्यालय पठाउन सकिने बाल मनोरोग विशेषज्ञ डा. अरुण कुँवर बताउँछन् ।

‘बच्चालाई छिटो विद्यालय पठायो त्यति छिटो उसको सामाजिक व्यवहार, अरुसँग घुलमिल हुने बानीको विकास हुन्छ,’ उनी भन्छन्, ‘यो उमेरमा विद्यालय पठाउँदा उनीहरूको बौद्धिक एवं रचनात्मक क्षमता विकासमा कुनै असर पर्दैन ।’

उनका अनुसार बच्चालाई विद्यालय पठाउने भनेको पढाइलेखाइको लागि हो भन्ने कुरामा धेरैको ध्यान केन्द्रित भयो । उमेर अनुसार उनीहरू के गर्न सक्छन् त्यसमा केन्द्रित हुनु जरुरी छ । ‘तीन वर्षको बच्चाले पढेर भन्दा पनि खेलेर धेरै कुरा सिक्छ,’ डा। कुँवर भन्छन्, ‘त्यसैले विद्यालयले जबरजस्ती एकै ठाउँमा राखेर पढाउनु गलत हो ।’

विद्यालयमा पनि उनीहरुलाई स्वतन्त्र खेल्न, रमाउन दिइन्छ भने त्यसले उनीहरुको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने बताइन्छ । बच्चालाई कुन उमेरमा विद्यालय पठाउने भन्दा पनि कुन उमेरमा के सिकाउने भन्ने कुरा बढी महत्वपूर्ण छ ।

प्रतिक्रिया सबै