आमाले मेयर जित्नै लाग्दा मतगणनामा प्रतिनिधि रेनुकी छोरी
सोमवार, जेष्ठ ९ २०७९
काठमाडौं । चितवनको भरतपुर महानगरमा जारी मतगणनामा गठबन्धनको तर्फबाट माओवादी उम्मेदवार रेनु दाहालले अग्रता लिइरहेकी छन् ।
सोमवार बिहानसम्मको गणनामा रेनुले एमाले उम्मेदवार विजय सुवेदीभन्दा ९ हजार ९३० मतको अग्रता लिएकी छन् ।
मतगणनास्थलमा माओवादीको तर्फबाट अहिले रेनुकी छोरी प्रतिभा पाठक बसेकी छन् । जु फोटो अहिले सामाजि सञ्जालमा भाइरल पेस गरिएको छ । ‘इतिहासले जन्माएको दिन मेयर रेनु दाहालको मतगणना छोरीले गन्दै गरेको अवस्थामा’ माओवादीका स्थानीय नेता धर्म कार्कीले मतगणना स्थलमा रहेका रेनुका आमाछोरीको तस्वीरसहित फेसबुकमा लेखेका छन् । मतगणना अन्तिम चरणमा पुग्दै गर्दा माओवादी कार्यकर्ता उत्साहित देखिएका छन् ।
प्रतिक्रिया
सबै